श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

अपराध

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या
१६ भदौ, प्युठान । गत महिना प्युठानको झिम्रुक खोलामा मृत फेला परेकी एक महिलालाई श्रीमानले हत्या गरेर फालेको खुलासा भएको छ । गत साउन १७ गते झिम्रुक खोलाको बगरमा मृत फेला परेकी गौमुखी गाउँपालिका वडा नम्वर ७ नारीकोटकी २६ वर्षीया माया विकलाई उनकै श्रीमान हरिबहादुर विकले घाँटी निमोठेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका  हुन् । उनले सुरुमा साउन १४ गते राती हत्या गरि बाँस रोप्न खनेको खाल्डोमा लगेर पुरेको बताउँदै पछि आफ्ना बाबु र छिमेकीको सहयोगमा शव बोकेर  झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । घटनाबारे डिएसपी कार्की भन्छन्– ‘घरमा सामान्य विवाद चलेलगत्तै श्रीमतीले दाउराले हानेपछि आफुले घाँटी थिचेर हत्या गरि खाल्डोमा लगेर गाडेको र पछि झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको छ ।’ उनीहरुबीच ६ वर्षअघि प्रेमविवाह भएको थियो । उनीहरुकी ५ वर्षकी छोरी छन् । गत ३ वर्षयता उनीहरुको सम्वन्ध बिग्रेको थियो । त्यसयता हरिबहादुरले श्रीमतीलाई कुटपिट समेत गर्दै आएको जनाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...