प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे ) पक्राउ |

अपराध

अप्रिल २० काठमाडौँ :- फरार रहेका प्रदेश ४ का प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर बिहिबार काठमाडौंले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी सहायक उपरीक्षक (डिएसपी) मोहन थापाका अनुसार स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा उनलार्इ पक्राउ गरिएको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...