पोखरामा १३ वर्षीय बालीका मृत अवस्थमा भेटिए,बलात्कार पछी हत्या भएको आशंका |

अपराध

पोखरामा १३ वर्षीय बालीका मृत अवस्थमा भेटिए,बलात्कार पछी हत्या भएको आशंका |
भदौं ९ पोखरा :-पोखरामा एक बालीका मृत अवस्थामा फेला परेको छ |मृतक फेला परेकी बालिकाको बलत्कारपछि हत्या भएको आशंका गरिएको छ ।शुक्रबार साझ फापरथरमा मृत अवस्थामा भेटिएकी लामाचौर कि १३ बर्षीया पुष्पा केसीको बलात्कार पछि नै हत्या भएको स्थानीयले बताएका छन् । बालिकाको शब् उनकै घरदेखी करिब डेढ किलोमिटर पर मडारिएको झाँडीमा झारपातले छोपेको अवस्थामा भेटिएकाले उनको बलात्कार पछीनै हत्या भएको स्थानीयले दाबी गरेका छन् । उनले लगाएको टाइ र सर्ट शवसँगै र स्कर्ट भने केही पर भेटिएको स्थानीयले बताएका छन् । बाटुलेचौर स्थित विन्ध्यवासीनि माविमा कक्षा ६ मा अध्ययनरत केसी बिहीबार साझ विद्यालयबाट फर्केदेखी बेपत्ता भएकी थिईन् । परिवारले उनि बेपत्ता भएपछी छरछिमेकमा र साथीकोमा खोजिकार्य सुरु गरेका थिए । बालिका बिहिबारबाटै हराएको भएपनि बालिकाका अभिभावकले शुक्रबार २:३० बजे मात्र खोजीकार्यका लागि निबेदन दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङले बताए । ‘अभिभावकले हामीलाई बालिका हराएको भनेर शुक्रबार करिब २:३० बजे तिर निबेदन दिनुभएको थियो त्यसैको आधारमा हामीले खोजि कार्यलाई तिब्रता दिएका थियौ,’ उनले भने-‘निबेदन प्राप्त भएको करिब २ घण्टा पछी बालिका मृत अवस्थामा छन् भन्ने खबर आएपछि हामि तत्काल घटना स्थलमा पुगी अनुसन्धान बढाएका छौ।‘ स्थानीय स्तरमा बलात्कारपछि हत्या भएको भन्ने भनिएतापनि आफुहरुले अहिले यहि हो भनेर भन्न नसक्ने गुरुङले बताए । ‘हामीले घटनाको बारेमा गम्भीर अनुसन्धान गरिरहेका छौ, आज पनि हामीले घटनास्थल वरपर खटिएर र घटना संग जोडिएको बिषयबस्तुमा व्यापक अनुसन्धान गरिरहेका छौ,’ – प्रबक्ता गुरुङले भने, बालिकाको शब पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान (पश्मिाञ्चल क्षेत्रीय अस्पताल) मा पोष्टमार्टमका लागि पठाइएको छ, रिपोर्टबाट घटनाको बारेमा यथार्थ जानकारी खुल्नेछ।‘ देश भरी विभिन्न महिला तथा बालबालिकाहरुको हत्या र बलत्कारका घटनाहरु सार्वजनिक भइरहेको अबस्थामा पोखरामा समेत यस्तो घटना घटेपछि स्थानीय चिन्तित बनेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...