सांसद निरु पाललाई धम्काएको घटनामा शंकास्पद ६५ जना प्रहरी नियन्त्रणमा |

अपराध

सांसद निरु पाललाई धम्काएको घटनामा  शंकास्पद ६५ जना प्रहरी नियन्त्रणमा |
श्रावण १७ काठमाडौँ :- सांसद निरुदेवी पालमाथि भएको घटनाको अनुसन्धान गर्न प्रहरीले काठामाडौंको नयाँ वानेश्वर क्षेत्रबाट शंकास्पद ६५ जनाभन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् । एसएसपी पोखरेलकै नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ बानेश्वरमा रहेको ािवास नजिक अज्ञात हतियारधारी समूहले आफ्नो कञ्चटमा पेस्तोल तेर्स्याएर धम्क्याएको सांसद पालले बताएकी छन् । बिहिबार बसेको संसद बैठकमा सांसदहरुले पालमाथि भएको घटना दुःखद भएको भन्दै आक्रमणकारीलाई कानुनी कठघरामा ल्याउन र सांसदहरुको सुरक्षाको माग गरेका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद पालमाथि भएको आक्रमणको दोषीहरु माथि कारबाही गर्न सरकार सचेत रहेको बताएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...