कास्की आदर्श सेवा समाज युएईद्वारा बिशेष सहयोग तथा उद्दार समिति गठन ।

विदेश

कास्की आदर्श सेवा समाज युएईद्वारा बिशेष सहयोग तथा उद्दार समिति गठन ।
एप्रिल २९ मनु कोंमे तमु युएई:-कास्की आदर्श सेवा समाज युएईले कोभिड - १९ कोरोना भाइरसका कारण युएईमा समस्यमा परेका नेपालीहरु लाई सहयोग र उद्दारको लागी कोभिड - १९ बिशेष सहयोग तथा उद्दार समिति गठन गरेको छ।यूएई सरकारले विगत तिन साता देखि शुरू गरेको अघोषित बन्दाबन्दी (लकडाउन) लाई खुकुलोपन गरे सँगै यसबाट कोरोना संक्रमितको संख्या बढ्न सक्ने सम्भावना धेरै रहेको छ। त्यसैले अत्यावस्यक काममा बाहेक बासस्थानबाट बाहिर ननिस्कन कास्की आदर्श सेवा समाज युएईले अनुरोध गरेको छ। "समय छँदै नसोचेमा पछि पछुताउनु पर्छ, समयमा नै सचेत रहौं, सामाजिक दुरी कायम राखौं, समय समयमा साबुन पानीले हात धुने गराैं, मास्क र पंजा लगाउने गराैं र सेनिटाईजरको प्रयोग बारम्बार गरौ" भन्ने जन चेतनाका साथ कास्की आदर्श सेवा समाज युएईले यो चलिरहेको महामारीका कारण धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरु काम बिहिन भई बस्न र खानालाई पनि समस्यामा परि कष्टकर जीवन बिताउन बाध्य हुन सक्ने अवस्था रहेको हुँदा यस विषम परिस्थितिमा युएईमा कार्यरत कास्कीली दाजुभाइ तथा दिदिबहिनीहरु जो आपद विपदमा परेको छ उद्वार तथा सहयोगका लागि मानविय धर्म निर्वाहका लागि कुनै कसर नछाडी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रण गरेको छ। युएईमा कार्यरत हजुरहरु मध्येमा कसैलाई यस्तो किसिमको समस्या छ कि ? हजुरहरुको सम्पर्कमा रहेका कोही कास्कीलीहरु यस बिरानो मुलुकमा दुइ छाक खान नपाएर कष्टकर जीवन बिताउँदै हुनुहुन्छ कि? कृपया यदि त्यस्तो भएमा निसंकोच हामीलाई जानकारी दिनुहोला हामीले सकेको, आफ्नो बलबुतोले भ्यासम्मको सामाजिक दायित्व निर्वाह गर्न कास्की आदर्श सेवा समाज युएई रहेको संस्थाका अध्यक्ष केदार कुंवरले प्रतिबद्ध गरेको छ भने कास्कीलीहरुको समस्याका बारेमा कास्कीलीहरुबाट नै जानकारी मिलेमा अति राम्रो हुनेछ हुन त युएईमा सकृय अन्य व्यक्ति वा सामाजिक सँस्थाबाट प्राप्त भएपनि कास्की आदर्श सेवा समाज युएईले दायित्व निर्वाह गर्ने नै छ तर पनि यसो नहोस् भन्ने अनुरोध पनि समेत गरेको छ। त्यसैगरी युएईमा कार्यरत कास्कीलीहरुलाई कुनै समस्या परेमा कास्की आदर्श सेवा समाजले गठन गरेको कोभिड - १९ विशेष सहयोग तथा उद्दार समितीका सदस्यहरू, वर्तमान केन्द्रीय कार्य समिति, क्षेत्रिय समिति तथा महिला समितिका पदाधिकारीहरुलाई सुचित गराई सहयोग गरि मानविय धर्म निभाउनुको लागि अपिल समेत गरेको छ। कोभिड -१९ विशेष सहयोग तथा उद्दार समितीको संयोजकमा अध्यक्ष केदार कुँवर - 0559082390 रहेको छ भने अबुधाबीको लागि मनोज कुमार सैंजु - 0558686843, राजेश श्रेष्ठ - 0564090599 , प्रविण श्रेष्ठ - 0556009 रहेको छ । अलऐनको लागि रन्जन भुजेल - 0529790945 ,श्रीमती तारा परियार - 0556531993 रहेछ। त्यसैगरी दुवईको लागि गुप्तशेखर पौडेल - 0561703264 , पुष्पराज अधिकारी - 0543392506 ,श्रीमती मनु गुरूङ श्रेष्ठ - 0508856372 ,शिवराज बस्ताकोटी - 0559001882 , चन्द्रमोहन आचार्य - 0559224367 , विकास शाही - 0502024552 , श्रीमती शोभा शर्मा - 0589563410 र शिवकुमार श्रेष्ठ - 0555353645 रहेको छ भने सारजाह तथा नर्देन इमिरेट्सको लागि कृष्ण बहादुर ढकाल - 0504823072 , सुरेन्द्र जिसि - 0509615096 , रवि गुरूङ- 0555949554 र बुद्दि बहादुर रानाभाट - 0554927635 रहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...