सांसदको दादागिरी गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङ्गे)ले एम्फा अध्यक्षलाई लात्ती प्रहार गरे ।

अपराध

सांसदको दादागिरी गण्डकी प्रदेश सांसद  राजिव गुरुङ (दिपक मनाङ्गे)ले एम्फा अध्यक्षलाई लात्ती प्रहार गरे ।
जनवरी २१ पोखरा :- गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका छन् ।एन्फा कास्की अध्यक्ष गुरुङलाई प्रदेश सांसद गुरुङले एक मुक्का र एक लात्ती प्रहार गरेको बताइएको छ । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङेले कुटपिट गरेका हुन् ।आजदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय कपमा ११ जिल्ला मध्येबाट ९ टिमको सहभागिता छ । एन्फा कास्की अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलि (बुधबार) देखि हुँदैछ ।प्रतियोगितामा मनाङको प्रतिनिधित्व गर्दै सांसद मनाङेको डाँफे युवा क्लबले सहभागिता जनाएको छ । मनाङबाट आएका खेलाडीहरुले आफूहरुले भत्ता पाउनुपर्ने माग गरेका थिए । उनीहरुलाई भत्ता दिन नसकिने बताएपछि सांसदले मञ्चमै मुक्का प्रहार गरेका हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...