खोटाङ्गमा गाउपालिका प्रमुखको गाडीमा आगजनी ।

अन्य

खोटाङ्गमा गाउपालिका प्रमुखको गाडीमा आगजनी ।
डिसेम्बर ८ खोटाङ्ग :-रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोल स्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति आगलागी भएको छ । आगलागीका कारण गाडी जलेर पूर्ण रुपले क्षति भएको छ। “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...