फेसबुकमा सु-साइड नोट लेखेर आत्मा हत्या गरे रेडियो पत्रकार गोविन्दले |

अपराध

फेसबुकमा सु-साइड नोट लेखेर आत्मा हत्या गरे रेडियो पत्रकार गोविन्दले |

मार्च १० काठमाडौँ :- फेसबुकमा सुसाइड नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन ।शुक्रबार साँझ आफ्नो फेसबुक वालमा आमा बुवालाई सम्बोधन गर्दै बोहराले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बोहरा शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रशारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए ।शुक्रबार दिउँसो १ बजे तिर कोठाबाट बाहिरिएका बोहराले साँझ ८ वजे तिर बोहराले आत्महत्या गर्न लागेको मोबाइलमा म्यासेज आएको संगै कोठामा बस्ने साथी प्रताप ओलीले बताएका छन ।बोहराका श्रीमती र २ वर्षीय छोरा छन् ।

फेसबुकको वालमामा लेखिएको बोहोराको नोट:

''पुजनिय आमा बुवा याे छाराे काे तर्फबाट ढाेक सलाम चढाय हजुरहरुले जुन आसा याे छाेराे बाट गरेकाे थियाे ति आशाहरु मैले पुरागर्न सकेन माफ गरिदिनु हाेला सम्पुण दाजु भई दिदि बहिनि तथा साथिहरु अहिले सम्म ताईहरुकाे साथ अपार रुपमा पाईरहे खुशिलाग्याे सबैलाई सम्झि रहने छु जनजनम सम्म पनि सम्पुण साथिहरु अहिले सम्म जतिपनि याे यात्रामा भेटिय सबैलाई याे गाेबिन्दले सदाबाहार रुपमा सम्झि रहने छ हस अहिलेलाई मलाई अागामि यात्राकाे लागि शुभकामना दिदै गर्नु ल म जान्छु''


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...