बिस्व स्वास्थ्य संगठनले कोभिड -१९ को महामारी नेपाल सहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने चेतावनी ।

स्वास्थ्य

बिस्व स्वास्थ्य संगठनले कोभिड -१९ को महामारी नेपाल सहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने चेतावनी ।
मार्च १८ काठमाडौं:-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छिन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ ।’ दक्षिण पूर्वी एसियाली देशमा कोभिड-१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने चेतावनी डब्ल्यूएचओले दिएको हाे । डब्ल्यूएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ । तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन् । यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन् । यस्तै नेपाल र भुटानमा पनि १/१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...