तुलसीपुरमा बम बिस्फोट ८ जना घाइते ,ललितपुरमा बिद्यालयमा बिस्फोट ।

अपराध

तुलसीपुरमा बम बिस्फोट ८ जना घाइते ,ललितपुरमा बिद्यालयमा बिस्फोट ।

नोवेम्बर २८ तुलसीपुर् :-तुलसीपुर बजारमा मंगलबार अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न जाँदैगर्दा घ लाइनमा बम विस्फोट भएको थियो । विस्फोटबाट म्यादी प्रहरीसहित आठ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण लिने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएका छन् ।

विस्फोटबाट म्यादी प्रहरी विनोद चौधरीका साथै बजारमा हिँडिरहेका जिमी ओली, देवी डाँगी, यमलाल राम्जाली, बोमराज सुनारलगायतका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ । बाँकी चार जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

देउवा तुलसीपुरको सभालाई केहीबेर सम्बोधन गरी हेलिकोप्टरबाट घोराहीको सभामा पुगेका थिए ।त्यसै गरी ललितपुरको नमूना मच्छिन्द्र विद्यालय परिसरमा बम विष्फोट भएको बताइएको खबर छ ।विष्फोटबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...