एस ई ई परीक्षार्थी र प्रहरी बीच मलंगवामा झडप |

अन्य

एस ई ई परीक्षार्थी र प्रहरी बीच मलंगवामा  झडप |
मार्च २९ सर्लाही:-सर्लाही सदरमुकाम मलंगवा एसईई परीक्षार्थी र प्रहरीबीच झडप भएको छ । परीक्षा रद्द भएपछि आक्रोसित परीक्षार्थी टायर बालेर प्रदर्शन गर्नुका साथै सवारी साधन तोडफोड गर्न थालेपछि प्रहरीले रोक्दा झडप भएको हो ।प्रदर्शनमा उत्रिएका परीक्षार्थीले शिक्षा समन्वय समितिको कार्यालयमा तोडफोड गरेका छन् । साथै हरिपुर नगरपालिकाको ना १ झ १६३५ नम्बरको गाडीमा पनि तोडफोड गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउण्ड आश्रुग्याँस प्रहार गरेका छन् ।सवारी तोडफोडमा संलग्न रहेको भन्दै ६ परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन परीक्षार्थीलाई पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिए । i

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...