हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ |

अपराध

हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ |
२४ भदौ, पोखरा । पोखरामा रहेको हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ परेका छन ।लेखा शाखा प्रमुख बामदेव सुवेदीले अस्पतालकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।सुवेदी विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । हिमालयन आँखा अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि शोषण भएको भन्दै यस अघि अस्पताल प्रशासनमा उजुरी दिएकी थिइन । शुक्रबार उजुरी दिए पछि तत्काल अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन समेत गरेको थियो ।अस्पतालमा उजुरी परेपछि शुक्रवार राती नै निलम्बन गरी मिलाउन समेत खोजीएको स्रोत बताए । भित्रभित्रै मिलाउने प्रयास भएको थियो स्रोतले भने ।यस अघि कानुनी प्रकृया बिना नै मिलाउने प्रयास भैरहेको थियो । घटना बाहिर आएको एक हप्ता सम्मपनि पीडितले प्रहरीको उजुरी गरेकी थिइनन् । सुवेदीले महिला कर्मचारीमाथि वर्षौ देखि जागिर खोसिदिने डर धम्की देखाइ शोषण गर्दै आइरहेको स्रोतले बताए । जवरजस्ती करणी आरोपमा सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।‘हामी अहिले अनुसन्धानको प्रक्रियमा छौ । घटना केहो अनुसन्धान भइरहेको छ’ प्रवक्ता हमालले भन्नुभयो । मंगलबार प्रहरी कहाँ उनी सहित अर्की १ महिलाले सुवेदीविरुद्ध जाहेरी दिएको प्रहरीले बताएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...