चितुवाको छाला सहित पोखरामा ३ जना पक्राउ |

अपराध

चितुवाको छाला सहित पोखरामा ३ जना  पक्राउ |
श्रावण १७ पोखरा   :-संरक्षित वन्यजन्तु चितुवाको छाला २ थान सहित बागलुङ तमानखोला गाँउपालिका-६ घर भएका २५ वर्षीय झलक छन्त्याल, २३ वर्षीय देबेन्द्र रसाईली र २३ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले कास्की पोखरा लेखनाथ महानगरपालिका-७ अन्नपूर्ण टोलबाट उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय पोखरामा बुझाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...