काठमाडौँ सुन्धारामा एक होटेलमा युवती मृतावस्थामा भेटिए |

अपराध

काठमाडौँ सुन्धारामा एक होटेलमा युवती मृतावस्थामा भेटिए |

फेब्रअरी २५ काठमाडौँ :- काठमाडौंको सुन्धारास्थित एक होटलमा शनिबार बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए । साथै गएका खड्काका दुईजना साथीहरु सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए ।

खड्काले बिहान उठ्दा राउतलाई पंखामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेको बयान प्रहरीलाई दिएका छन् ।युवतीका आफन्तले भने राउतको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् ।महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकुनन्त लिम्बूले घटनाबारे छानबिनका लागि तीनजनालाई नियन्त्रणमा लिइएको र शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 4.50)
Loading...