बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियार सहित ३ जना पक्राउ |

अपराध

बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियार सहित ३ जना पक्राउ |
अप्रिल १२ बर्दिया:- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट एक थान भरुवा बन्दुक सहित तीनजना शिकारी पक्राउ परेका छन् ।बारबर्दिया नगरपालिका वडा नम्बर ९ को कलवारी फॉटाबाट हतियार सहित चोरी शिकार गर्ने स्थानीय मेघराज परियार, जनकराम थारु र कुन्नुराम थारु पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले जानकारी दिए ।   उनीहरुका साथबाट भरुवा बन्दुक एक थान, रडको गोली एघार थान र बारुद बरामद गरिएको निकुञ्जले जनाएको छ ।उनीहरु विरुद्ध चोरी शिकारी ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...