गौचन हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई सार्वजनिक ।

अपराध

गौचन हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई सार्वजनिक ।

नोवेम्बर १४ काठमाडौँ :- प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।मंगलबार पत्रकार सम्मेलन आयोजना गरी गोली हान्ने नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डेलगायतलाई सार्वजनिक गरिएको हो । त्यस्तै मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ, सहयोगी प्रकाश बूढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, ग‌ंगा लिङ्देन, श्यामबहादुर गुम्बे, अम्मरबहादुर लामा, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् । पुनले घटनाको नेतृत्व लिएका थिए भने गुम्बे र लामा नेपाली सेनाका भगौडा सिपाही हुन् । बुढाथोकीले घटना सम्पन्न गराउन भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुमाथि स‌ंगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ । उनीहरुलाई अहिले महानगरीय नगर प्रहरी कार्यालय प्रदर्शनीमार्गमा राखिएको छ ।असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ ।

पक्राउ अभियुक्तहरू :- १. नाम : राजिव स्याङ्ताङ उमेर : २१ बर्ष स्थायी वतन : जि.नुवाकोट, पंचकन्या गा.पा. – ५ घटनामा संलग्नता : सुटर

२. नाम : शिवजी महतो उमेर : ३५ वर्ष स्थायी वतन : जि.पर्सा, कालिकामाई गा.पा. – १ घटनामा संलग्नता : हतियार र मो.सा.व्यवस्थापन

३. नाम : मुकेश कुमार पाण्डे उमेर : २४ वर्ष स्थायी वतन : बेतिया जिल्ला, ग्राम पंचायत चौबेटोला–७ विहार भारत घटनामा संलग्नता : हतियार व्यवस्थापन

४. नाम : सन्तोष गुरूङ उमेर : १८ बर्ष स्थायी वतन : जि.पर्सा, ठोरी गा.पा. - ५ घटनामा संलग्नता : मो.सा. व्यवस्थापन

५. नाम : प्रकाश बुढाथोकी उमेर : २२ वर्ष स्थायी वतन : का.जि.नागार्जुन न.पा. – ४ घटनामा संलग्नता : घटनामा सहयोगी

फरार अभियुक्तहरू :-

१. समिरमान सिंह बस्नेत २. मनोज पुन ३. लोप्साङ ४. बोका भन्ने गंगा लिङ्देन (लिम्बु) ५. श्याम बहादुर गुम्बे ६. काले दाई भन्ने अम्बर बहादुर राना ७. रोशन बुढाथोकी ८. अजय थापा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...