गुल्मीमा ६ बर्षीय बालिका बलात्कृत ,बालिकाको पाल्पा अस्पतालमा उपचार हुँदै |

अपराध

गुल्मीमा ६ बर्षीय बालिका बलात्कृत ,बालिकाको पाल्पा अस्पतालमा उपचार हुँदै |

मार्च १४ गुल्मी :- गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका वलात्कृत भएकी छन् । हिजो दिउँसो करिव ४ वजेको समयमा ईस्मा गाउँपालिकावडा नम्वर ३ नयाँपोखराको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिकालाई सोही गाउँपालिका वडा ४ दर्लामचौरका १७ वर्षिय हिमाल दर्जीले वलात्कार गरेको प्रहरीले जनाएका छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले निजलाई पक्राउ गरी आजै अदालतमा मुद्धा दायर गरिएको जानकारी दिए । वलात्कृत ति ६ वर्षिया वालिकालाको अहिले जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।त्यस अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार उनकोे यौनाङ्ग सिलाई गर्नु पर्ने भएकोले पाल्पा रिफर गरिदै छ ।ज्ञवालीले भने,

‘वालिकाको तलै सम्म यौनाङ्ग च्यातिएको छ । सिलाउनका लागि वेहोस पार्नु पर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्म नभएर सर्जिकल कन्सल्टेन्सका लागि पाल्पा प्रवास अस्पतालमा रिफर गरिएको हो ।’

छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले डरले गर्दा छोरीले धेरैवेर सम्म आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन ।रक्ताम्मे अवस्था बढ्दै गए पछि मलाई शंका लागेर फकाउँदै, सोधे पछि हिमाल अंंकलले चाउचाउँ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिर भित्र लगेर त्यस्तो हिंसा गरेको कुरा बताएको आमाले जानकारी दिईन ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...