शेर्पा समुदायको नया बर्ष २१४७ औ च्या फो -चिवा ल्हो ग्याल्पो लोसार साँझ भब्य रुपले सम्पन्न ।

जनजाती बिशेस

शेर्पा समुदायको नया बर्ष २१४७ औ च्या फो -चिवा ल्हो ग्याल्पो लोसार साँझ भब्य रुपले सम्पन्न ।
मार्च १ फिष्टेल न्यूज:-इजरायलमा शेर्पा समुदायको (बौद्द धर्मावलम्बी )नेपालीहरुको राष्ट्रीय महान चाड अर्थात नयाँ बर्ष २१४७ औं च्या फो - चिवा ल्हो ग्याल्पो लोसार साँझ २०७६ भब्य रुपले सम्पन्न भएको छ ।शेर्पा संघ इजरायलको आयोजनामा भएको यस कार्यक्रम फेव्रुवरी २८ तारीख शुक्रबार साँझ यादखारुचिम १५ तेल अभिवमा सम्पन्न भएको छ ।कार्यक्रम संघका अध्यक्ष लाक्पा लामा शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावासका सहचारी प्रदीपसागर गीरी , बिशिष्ट नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर, बिशेष अतिथि धर्म गुरु थुप्तेन लामा, दोर्जे शेर्पा,तेन्जीङ शेर्पा, नेपालबाट आमन्त्रित कलाकार दावा के शेर्पा , TAAN का उपाध्यक्ष चोलेन्द्र कार्की, इजरायलमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष ,प्रतिनिधिहरु र मिडिया कर्मीहरु तथा  शेर्पा समुदाय, नेपालीहरुको बाग्लो उपस्थिति रहेको थियो । स्वागत मन्तब्य कार्यक्रमकी संयोजक फुर्बा शेर्पाले राखेकी थिइन, त्यस्तै शुभकामना मन्तब्यमा प्रमुख अतिथि,बिशिष्ट अतिथी TAAN का उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, शेर्पा संघका सल्लाहकार तेन्जीङ शेर्पा राखेका थिए ।कार्यक्रममा नेफिन इजरायल तथा शेर्पा संघ इजरायलद्वारा नेपालबाट आमन्त्रित कलाकार दावा के शेर्पालाई मायाको चिनु सहित सम्मान गरिएको थियो । नेपालबाट आमन्त्रित कलाकार दावा के शेर्पा र स्थानीय गायक छोङ्ग्बा शेर्पा लगायत स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो , शेर्पा परिकारका बिभिन्न खानाहरु को साथमा भब्य रुपमा सम्पन्न उक्त कार्यक्रममा शेर्पा जातिको हरुको शेर्पा पारम्परिक शेब्रु नाच प्रस्तुत गरिएको थियो ।! कार्यक्रममा भाग्यसाली चिट्ठा अन्तर्गत प्रथम पुरस्कार सोनु लामा ह्योल्मो दोश्रो सुचित्रा , तेश्रो पुरस्कार रेखा तमुश्यो ,चौथो छिरिङ दोर्जे ,त्यस्तै सान्त्वना पुरस्कार पुरस्कार पेमा ले प्राप्त गरेकी थिइन।औपचारिक कार्यक्रमको समापनको घोषणा गर्दै शेर्पा संघ इजरायलका अध्यक्ष तथा कार्यक्रम सभापति लाक्पा लामा शेर्पाले ल्होसारको शुभकामना दिनु हुँदै कार्यक्रम सफल बनाउन उपस्थित व्यक्तित्वहरुलाई धन्यबाद प्रकट गरेको छ ।शेर्पा संघ इजरायलकी महासचिव मिङमार शेर्पा र सचिव नीमा शेर्पाले संचालन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...