अवकाश लिने बेला पक्राउ परे महानिर्देशक पक्राउ ।

अपराध

अवकाश लिने बेला पक्राउ परे महानिर्देशक पक्राउ ।

नोवेम्बर १५ काठमाडौँ :- वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।भ्रष्टाचारमा संलग्नता देखिएका कारण छानबिनका लागि पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्ग केसीलाई रु १० लाख घुससहित नयाँ बानेश्वरको एक होटलबाट आयोगको टोलीले पक्राउ गरेको थियो ।पक्राउ परेका पौडेल र केसीले पाण्डेको निर्देशनमा आफूहरुले रकम उठाएको भनी अख्तियारसमक्ष बयान दिएपछि पाण्डेलाई पक्राउ गरिएको हो । पाण्डेले केही दिनमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लाग्नुभएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...