इजरायलका लागी नेपाली राजदुत ड़ा अन्जान शाक्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको तयारी पुरा।

विदेश

इजरायलका लागी नेपाली राजदुत ड़ा अन्जान शाक्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको तयारी पुरा।
फागुन २९ इजरायल :-इजरायलमा नव नियुक्त इजरायलका लागी नेपाली राजदुत डा अन्जान शाक्यलाई भब्य स्वागत गरिने भएको छ ।राजदुत शाक्यलाई इजरायलमा स्थापित राजनैतिक ,सामाजिक, धार्मिक ,आदिबासी तथा साहित्यिक संघ सस्थाहरुले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्ने भएको छ ।तेल अभिव स्थित तखाना मर्कजीको एभेरेस्टडिस्को हलमा शुक्रबार मार्च १५ गते हुने सो स्वागत कार्यक्रममा इजरायलमा रहेका नेपाली कामदारहरुको विभिन्न समस्याहरुको बारेमा तथा यसको समाधानको लागी बृहत अन्तरक्रिया कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई भब्य तथा सफल रुपले सम्पन्न गराउन सहयोग गरी कार्यक्रममा उपस्थित भैदिनु हुनको लागी सम्पूर्ण इजरायलमा स्थापित राजनतिक ,सामाजिक ,आदिबासी ,धार्मिक तथा साहित्यिक संघ सस्था लगायत इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा आयोजक द्वारा संयुक्त रुपमा हार्दिक अनुरोध गरेको छ |

स्वागत तथा अन्तक्रिया कार्यक्रम समय :- ५ बजे साँझ शुक्रबार मिती :-१५ मार्च २०१९ स्थान :-एभेरेस्ट डिस्को हल तखाना मर्कजी तेल अभीव

आयोजक सस्थाहरु :- १)प्रबासी नेपाली एकात मन्च इजरायल २ )नेपाली संघिय समाज इजरायल ३ )नेपाल तामांग घेदुङ्ग इजरायल ४ )नमस्ते नेपाल सामाजिक हातेमालो इजरायल ५ )सत्य साई सेन्टर इजरायल ६ )नेवा ख:ल इजरायल ७ )किरात राई यायोख्य इजरायल ८ )नेपाली नारी आवाज इजरायल ९ )बिस्व नेपाली साहित्य महासंघ इजरायल १० )मातृभूमिका लागी पर्वत सेवा समाज इजरायल ११ )लुम्बिनी कपिलबस्तु अभियान इजरायल १२ )हेल्पिङ्ग हेन्ड्स सोसाइटी इजरायल १३ )हिन्दु जागरण इजरायल १४ )किरात याक्थुङ्ग इजरायल

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...