मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |

विदेश

मंसिर १७ मलेसिया :-बैदेशीक रोजगारको क्रममा मलेसिया पुगेका एक नेपाली मलेसियामा सडक दुर्घटनामा परि मृत्यु भएको छ । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा करले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको मृत्यु भएको हो । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा उनलाई ठक्कर दिएको थियो । शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्ष देखि मलेसियामा कार्यरत  थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...