एक युवकद्वारा आफ्नै श्रीमतीको घाँटी रेटी हत्या ।

अपराध

एक युवकद्वारा आफ्नै श्रीमतीको घाँटी रेटी हत्या ।
नोबेम्बर ५ काठमाडौँ :- पर्सा जिल्ला, जिराभवानी गाऊँपालिका वडा नं। ३ का २८ बर्षिय केदार भनिने रामबाबु हजरा दुसातले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टी भएको छ । उनले आफ्नी १९ बर्षिय श्रीमति निपुदेवीको ससुराली जाने क्रममा बीच बाटोमा चक्कुले घाँटी रेटी हत्या गरेको हो । केदार र निपुदेवीवीच ससुराली जाने क्रममा बीच बाटोमा झगडा भएको र आवेशमा श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । झगडापछि केदारले मोटरसाईकलमा पेट्रोल सक्कियो, म पेट्रोल लिएर आउँछु भन्दै श्रमतिलाई त्यही छाडेर बजार फर्केका थिए र तर उनले पेट्रोल नभई १५ रुपैयाँमा चक्कु खरिद गरि फर्केका थिए । त्यसपछि उनले श्रीमति निपुदेवीलाई खोलाछेऊको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...