कृष्ण दास गिरी सिद्दबाबा बलात्कारको अभियोगमा पक्राउ ।

अपराध

कृष्ण दास गिरी सिद्दबाबा बलात्कारको अभियोगमा पक्राउ ।
नोभेम्बर ३० सुनसरी :-सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको बताए। गिरीमाथि एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन्। गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...