दश बर्षे बालीकालाई बलात्कार पछी हत्या गर्ने कुसुम पौडेल प्रहरी फन्दामा |

अन्य

दश बर्षे बालीकालाई बलात्कार पछी हत्या गर्ने कुसुम पौडेल प्रहरी फन्दामा |
असोज १० पोखरा :- कास्की प्रहरीले पुम्दीभुम्दीका १० वर्षिया वालिका श्रीया विकको वलात्कारपछि हत्यामा संलग्न भएका कुसुम पौडेललाई पक्राउ गरि सार्वजनिक गरेको छ ।पोखरा महानगर २२ कोदीका वर्ष २७ का कुसुम पौडेलले वालिका विकलाई सोमवार साँझ वलात्कार गरि ढुँगाले हानेर हत्या गरेको स्विकार गरेको प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । मृतक विक सोमवार मामाघरवाट एक्लै तल आउन लागेको देखेपछि अन्दाजी ५० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा पुग्दा पौडेलले चकलेट खाउ भनि ५ रुपैयाँ दिएको र पुन १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकी बिचमा बोलाई थप रु १० देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोजेका थिए । वालिकाले प्रतिकार गर्न खोजेपछि पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलीदिएको वयानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमवहादुर रानाले जानकारी दिए । दिनभर मदिराको नसामा रहेका पौडेलले झाडीमा पुगेपछी पौडेलले मृतकको कपडा खोलि जबरजस्ती गर्न खोज्दा मृतक वालिका चिच्याउन थालेपछि निजले मृतकको घाटी दुबै हातले थिचेको र केहि समयपछि बाया हातले घाटीमा नै थिचीरहि दाहिने हातको चोरी औला मृतकको यौनाङ्गमा जबर्जस्ती घुसाएको प्रहरीको भनाई छ । बेहोस अवस्थामा पुगेकी विकलाई ढुंगाले अनुहार, टाउकोमा प्रहार गरी त्यही प्रहार गरेको प्रहरीको भनाई छ । मंगलवार वेलुका साढे ५ बजेको समयमा विस्कुट किन्न भनी घरवाट निस्केकी विकको शव मंगलवार विहान कोदी स्थित बरालहरुको कुल मन्दिरको पुर्व तर्फ भिरालो जंगलमा लाश फेला परेको थियो । घटनालगत्तै कास्की प्रहरीले प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र बैदाम प्रहरी प्रमुख नविन कार्किको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरि खोजतलासको क्रममा मंगलवार वेलुका ८ः३० बजेको समयमा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...