कतारमा तमु च्यु ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम सहित जनवरी ३ मा मनाउदै ।

अन्य

कतारमा तमु च्यु ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम सहित जनवरी ३ मा मनाउदै ।
नोभेम्बर २५ दोहा :-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु - शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ" तमु समुदायको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन तथा प्रचार प्रसार संस्कृति पहिचान बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघ केन्द्रिय कार्यसमिति पोखराको मातहतमा प्रबास शाखा कतारको रुपमा गठन भएको तमु प्ये ल्हु संघ कतार शाखाले बिगतको बर्ष झैँ यस बर्ष पनि तमु च्यु ल्होसार भब्य रुपले मनाउने भएको छ । नेपालबाट आमन्त्रित ४ जना नृत्य र गायन विधाका बिशेष अतिथि कलाकारहरुको साथमा तमु (गुरुङ) जातिको महान राष्ट्रिय पर्व ल्होसारलाई “तमू च्यु -ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम २०२०” को रुपमा फो-ल्हो (मृग वर्ग) लाई बिदाई र च्यु-ल्हो (मुसा वर्ग) को आगमनलाई स्वागत गर्दै तमु मौलिक झल्किने बिबिध मनोराजनात्मक सांगीतिक प्रस्तुति तथा ल्होसार शुभकामना आदान प्रदानको साथ मनाउन गई रहेको तमु प्ये ल्हु संघ कतारका प्रथम उपाध्यक्ष तथा च्यु ल्होसार संयोजक चन्द्र लेहेंगे तमुले हामीलाई बताए ।,यसको सम्पूर्ण तयारी तिब्र रुपले भै रहेको पनि वहाले बताउनु भएको छ ।यस भब्य कार्यक्रममा गरिमामय उपस्थितिको लागी कतार बासी नेपाली दाजु भाई दिदि बैनी नेपालीहरुमा आयोजक तमु प्ये ल्हु संघ कतार परिवार अनुरोध सहित निमन्त्रणा गरेको छ ।

नोट:- कार्यक्रम स्थाल सम्म आउने जाने यातायातको ब्यबस्था तथा नास्ता खानपानको समेत उचित व्यवस्था छ l

आयोजक :–मुल आयोजक समिती तमु प्ये ल्हु संघ कतार “तमू च्यु -ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम २०२०” मिती : – जनवरी ०३ तारिख २०२० शुक्रबार समय – बिहान १०:०० बजे स्थान – गल्फ होराईजन होटलको सभा हल, फिनिपिनी मार्केट नजिक , दोहा-कतार ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...