इजरायलमा नेपाली राजदुताबासको संयोजनमा २५६४ औ बुद्दजयन्ती अनलाईन मार्फत पुजा आज र प्रार्थना गर्दै सम्पन्न ।

अन्य

इजरायलमा नेपाली राजदुताबासको संयोजनमा २५६४ औ बुद्दजयन्ती अनलाईन मार्फत पुजा आज र प्रार्थना गर्दै सम्पन्न ।
मे ८ फिष्टेल न्यूज तेल अभिव :-इजरायलमा २५६४ औ बुद्ध जयन्ती लकडाउनका बीच पनि सामाजिक दुरीलाई ख्याल गर्दै ईन्टरनेट सफ्टवेयर जूम मार्फत पुजा आज गरि मनाए ।विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म, बोधिज्ञान लाभ भएको पुनित उपलक्ष्यमा विगतका वर्षहरुमा झै इजरायलका लागी नेपाली राजदुताबासको संयोजनमा विभिन्न संघ,सस्थाहरुका प्रतिनिधीहरु तथा इजरायलमा कार्यरात बौद्ध धर्मावलम्बीहरुको सहभागितामा बौद्द धर्म गुरु थुप्तेन लामाद्रारा वार्षिक रुपमा साङ सेर्किम, धार्मिक पुजा छोगफुल मणि मोन्लाम गरी गौतम बुद्धले दिनु भएको शान्ति र अंहिसाको सन्देशलाई मनन गर्दै विविध रुपमा प्रवचन सहित बुद्ध जयन्ती मनाएको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोन भाईरस (कोभिड १९) को कारण मुलुकलाई पूर्णरूपमा लकडाउन घोषणा गरेको अवस्थामा विगत वर्षहरुमा जस्तो धेरैको संख्या भेला भई कार्यक्रम नगर्न इजरायल सरकारबाट जारी गरिएको निर्देशनको पालन गर्दै सबैले आ आफ्नो स्थान बाट प्रार्थना गरेका थिए ।यस Zoom online मा नेपाली राजदुताबासबाट महामहिम राजदुत डा,अन्जान शाक्य ,नियोग उपप्रमुख अर्जुन घिमिरे तथा नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर,लगायत विभिन्न संघ सस्थाका अध्य्क्ष, प्रतिनिधीहरु तथा बौद्द धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । यस अवसरमा सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिको कामना गर्दै ध्यान, भावना, प्रार्थना एवं पाठपूजा, दीप प्रज्वलन गर्दै २५६४ औ बुद्ध जयन्ती कार्यक्रम सम्मन भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...