कोरोना भाइरसको कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित ।

अन्य

कोरोना भाइरसको कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित ।
मार्च २ काठमाडौं:-चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण ६० बढी देशमा फैलिएपछि अन्ततः नेपाल सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यस्तै प्रधानमन्त्री ओलीले सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव समेत राखेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...