नेपाल भारत नाका कांकड़भित्तामा करिव तिन सय नेपाली अलपत्र ।

अन्य

नेपाल भारत नाका कांकड़भित्तामा करिव तिन सय नेपाली अलपत्र ।
मार्च २३ भद्रपुर:-पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन् । त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि आउँदै छन् । जिल्ला ट्रभाल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...