बेगनासतालमा जलकुम्भी झार फाल्ने मेसिन पल्टियो ,मानवीय क्ष्यतिहुनबाट जोगियो |

स्थानीय

बेगनासतालमा जलकुम्भी झार फाल्ने मेसिन पल्टियो ,मानवीय क्ष्यतिहुनबाट जोगियो |
असोज ६ पोखरा:- कास्कीको बेगनास तालमा जलकुम्भी झार फाल्ने मेसिन पल्टिदा २ जना घाइते भएका छन् । झार फाल्ने क्रममा मेसिन पल्टिँदा मेसिनमा सवार १० जनामध्ये २ जना घाइते भएका हुन् । पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुङ्गा व्यावसायिक समितिका अध्यक्ष सोमराज कँडेल घाइते भएका हुन् । अन्य ८ जनाको भने सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका रानाभाट र कँडेलको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ । मेसिनमा भार बढी भएकाले दुर्घटना भएको हुनसक्ने उद्धारकर्मी एवं स्थानीय कर्णबहादुर दुराले बताए | जलकुम्भी झार फाल्ने मेसिनमा चढेका पोखरा ३१ का वडाअध्यक्ष कमलबहादुर थापा, वडा सदस्य विष्णुबहादुर भुजेल, वडा नं ३१ का इञ्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुङ्गा व्यावसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यावसायिक समितिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारीको उद्धार गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...