संसदीय सुनुवाई समितिको बैठक आज बस्दै |

अन्य

संसदीय सुनुवाई समितिको बैठक आज बस्दै |
श्रावण १८  काठमाडौँ :- संसदीय सुनुवाई विशेष समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्ने छ । पटक पटक बसेको बैठकले ९ दिनसम्म पनि निर्णय गर्न नसकेपछि शुक्रबार बिहान १० बजेका लागि पुनः बैठक बोलाइएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु जोशीको विपक्षमा उभिएका छन् भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा छन् । जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको लगायत कारणले नेकपाका सांसदहरुले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका छन् । तर प्रमुख प्रतिपक्ष कांग्रेसले भने त्यो मानेको छैन । यहि असहमतिका कारण पटकपटक बसेको बैठकले जोशीको नामबारे निर्णय गर्न सकेको छैन । अहिले बस्ने संसदीय सुनुवाई विशेष समितिका बैठकले पनि जोशीका बारेमा आवश्यक निर्णय लिन सक्नेमा आशंका कायमै छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...