सरकारी कर्मचारीहरुले कुर्चीमा तौलिया राख्न नपाउने |

अन्य

सरकारी कर्मचारीहरुले कुर्चीमा तौलिया राख्न नपाउने |
भदौं १२ काठमाडौँ :- सरकारी कर्मचारीको कुर्सीमा तौलिया (टावल) राख्दा अशोभनीय देखिएको भन्ने गुनासो आएपछि शहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्सीमा तौलिया नराख्न भनेको छ। हेलो सरकारले कुर्सीमा तौलिया नराख्न पत्राचार गरेपछि सोहीअनुसार मन्त्रालयले कार्यान्वयन गरेको जानकारी हेलो सरकारलाई आइतबार पठाएको छ। मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीले मातहतका निकायलाई परिपत्र पठाउँदै कुर्सीमा राखेका तौलिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्न पनि मन्त्रालयले परिपत्रमार्फत् भनेको छ।कुर्सीमा फोहोर भइसकेका तौलिया पनि राख्दा अशोभनीय देखिएको भन्दै सेवाग्राहीले हेलो सरकारमा गुनासो गरेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...