नेपालमा थप १० जना कोरोना संक्रमित पुष्टि ।

अन्य

नेपालमा थप १० जना कोरोना संक्रमित पुष्टि ।
मे ३ काठमाडौँ :- नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नेपालगञ्‍जका ९ जना र वीरगन्जका १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।आज नेपालगन्जमा कोरोना संक्रमण देखिएका ९ जना ७ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् । कोरोना संक्रमित हुने अर्का वीरगञ्ज -२ छपकैयाका एक ३६ वर्षीय पुरुष रहेका छन् । यस अघि सोही स्थानका एक ४६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो ।यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमण देखिएको मध्ये १५ जनाले स्वास्थ लाभ गरेका छन् । निको भइसकेका एक पुरुषमा आज पुन: संक्रमण देखिएपछि स्वास्थ्यलाभ गर्नेको संख्या घटेर १५ पुगेको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...