गुण्डा नाइके गणेश लामा १ बर्षको कैद र १ करोड, ४० लाख ५० हजार सम्पति जफत |

अन्य

गुण्डा नाइके गणेश लामा १ बर्षको कैद र १ करोड, ४० लाख ५० हजार सम्पति जफत |
श्रावण २४ काठमाडौँ :-गुण्डा नाइके गणेश लामाले कमाएको २७ करोडमध्ये एक करोड ४० लाख सम्पत्तिको मात्र स्रोत नखुलेको निष्कर्ष विशेष अदालतले निकालेको छ।अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा लामाको एक करोड ४० लाख ५० हजार बराबरको सम्पत्ति जफत र १ वर्ष कैद फैसला गरेको हो। विशेष अदालत काठमाडौँले बिहीबार लामालाई एक वर्ष कैद र एक करोड ४० लाख ५० हजार बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको हो।अदालतका अध्यक्ष बाबुराम रेग्मी ,न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले प्रतिवादी बनाइएका लामाका परिवारका अन्य सदस्यलाई सफाई दिने फैसला गरेको रजिष्ट्रार भीम श्रेष्ठले बताए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामाले अपराध कर्मबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो। विभाग र केन्द्रीय अनुसन्धान ब्युरोको अधिकारीले गरेको अनुसन्धानमा लामाको २७ करोड सम्पत्तिको स्रोत खुलेको थिएन्। लामा हातहतियार तथा खरखजाना मुद्दामा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...