अविरल बर्षाका कारण काठमाडौँ उपत्यका डुबानमा उद्दार कार्यजारी |

अन्य

अविरल बर्षाका कारण काठमाडौँ उपत्यका डुबानमा उद्दार कार्यजारी |
जुलाई १२ काठमाडौँ :- बुधबार रातीदेखि परेको अविरल वर्षाले उपत्यकाका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । भक्तपुर, ललितपुरका केही स्थान डुवानमा परेका छन् । डुवानका कारण घरबाहिर निस्कनै गाह्रो भइरहेको छ । अहिलेसम्म डुवान तथा पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु र १५० बढिको उद्धार गरिएको महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले जानकारी दिए । अहिले डुबानमा परेका स्थानीयलाई उद्धार गर्ने कार्य भइरहेको छ । सबैभन्दा बढि भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायत क्षेत्र डुबानमा परेका छन् । त्यस क्षेत्रका स्थानीयलाई अहिले सुरक्षित स्थानमा पुर्याउने कार्य भइरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...