त्रिशुलीमा ट्रक खस्दा २ जना गम्भीर घाइते |

अन्य

त्रिशुलीमा ट्रक खस्दा २ जना गम्भीर घाइते |
अप्रिल १४ चितवन:- वीरगञ्जबाट काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् ।इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको नाम, थर खुल्न सकेको छैन । उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर ल्याईएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भईरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...