निर्मला पन्त हत्या छानबीन समितिबाट राजिनामा दिएका केसी फिर्ता |

अन्य

निर्मला पन्त हत्या छानबीन समितिबाट राजिनामा दिएका केसी फिर्ता |
भदौं २७ काठमाडौँ :- निर्मला पन्त हत्या छानबीन गर्न गठन गरिएको समितिबाट सुरक्षाको कारण देखाई राजिनामा दिएका उपसचिव बिरेन्द्र केसी फेरी समितिमा नै फर्किएका छन् । पत्रकार सम्मेलनमार्फत समितिको काम कारवाहीप्रति असन्तुष्टि र सुरक्षाको माग गर्दै राजिनामा दिएका केसी गृहमन्त्रीसँग छलफलपछि समितिमा फिर्ता भएका हुन । गृहमन्त्री राम बहादुर थापा बादलले केसीको राजिनामापछि सुरक्षा समितिका पदाधिकारी, छानबीन समिति प्रमुख, गृह सचिव र सचिवालय टीमसँग पछिल्लो परिस्थितिका बारेमा गम्भीर छलफल गरेका थिए । आज केसीले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफल गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...