पोखरामा धम्कि दिएर रकम असुली गर्ने ललित गुरुङ सहित ३ जना पक्राउ |

अन्य

पोखरामा धम्कि दिएर रकम असुली गर्ने ललित गुरुङ सहित ३ जना पक्राउ |
अप्रिल ९ पोखरा:- पोखरामा विभिन्न व्यक्तिहरुलाई धम्काई चन्दा असुलेको अभियोगमा कास्की प्रहरीले ललित गुरुङ सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका १२ का ३४ बर्षीय ललित गुरुङ, शितलादेवीका २६ बर्षीय दिपेन्द्र परियार र पोखरा लेखनाथ ५ बस्ने बर्ष २५ का संगम थापा छन् ।   गुण्डागर्दी नियन्त्रणको क्रममा बिभिन्न ब्यक्तिलाई धम्क्याएर चन्दा असुली गरेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आईतवार उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...