त्यो ‘फेक अकाउन्ट’ जसले कुलमान घिसिङको पुनः नियुक्तिबारे ल्यायो यस्तो तरंग

देश    राजनीति

त्यो ‘फेक अकाउन्ट’ जसले कुलमान घिसिङको पुनः नियुक्तिबारे ल्यायो यस्तो तरंग
१० भदौ, काठमाडौँ । मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए । यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरिषदमा प्रस्तान पनि नलगगिएको उर्जामन्त्री बर्षमान पुनले स्पष्ट पारिसकेका छन् । अधिकांश फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले उनलाई बधाई र शुभकामना दिन हतारिनुकोपछि उनको नाममा खोलिएको एक फेक ट्वीटर अकाउन्ट पाईएको छ । उक्त अकाउन्टबाट एक ट्वीट मार्फत् भनिएको छ ,”आजको मन्त्रीपरिषद बैठकले आगामि कार्यकालको लागि तपाइको आफ्नै कुलमान घिसिङ लाइ पुनस् नेपाल बिद्धुत प्राधिकरणको कार्यकारी निर्देशक मा नियुक्त गरेको छ। अबको कार्यकाल बिद्धुत बिस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ।” यस्तो ट्वीटपछि सामाजिक सञ्जाल एकाएक रंगियो । कुलमान नेपालीका एक त्यस्ता प्रिय पात्र हुन् जसले दैनिक १८ घण्टा लामो कहालिपूर्ण लोडसेडिङको अन्त्य गरिदिएका छन् । उज्यालो नेपालका अभियन्ता घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । सर्वसाधारणलाई उनको बहिर्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंका उब्जिएकाले पनि उनी यती धेरै चर्चाका पात्र बनेका हुन् । लामो समय घाटामा रहेको बिद्युत प्राधिकरणलाई उनी आएदेखि निरन्तर नाफाको बाटोमा पुर्याए । लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए । घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् । यतिबेला सामाजिक सञ्जालमा कुलमानको पुन: नियुक्तको खबरले भने  नक्कली अकाउन्टबाटै भएपनि खुशी तुल्याएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...