केहिदिन देखि बेपत्ता युवक फेवातालमा मृत अवस्थामा भेटिए |

अन्य

केहिदिन देखि बेपत्ता युवक फेवातालमा मृत अवस्थामा भेटिए |
अप्रिल १८ पोखरा :- तनहुँबाट केहि दिन अघि हराएका युवक पोखराको फेवातालमा मृत भेटिएका छन् । २ दिन अघि मोटरसाइकल सहित हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै मृत भेटिएका हुन् । मृतकको साथमा रहेको लाइसेन्सका आधारमा उनको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीका अनुसार दुई दिन अघि तनहुँ प्रहरीमा उनी हराएको निबेदन परेको थियो ।तालमा माथी तैरिएको अबस्थामा शब देखिएपछि सशस्त्र प्रहरीको उद्वार टोलीले वाहिर निकालेको थियो । मृतकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...