काठमाडौँमा लागु औषध सहित तीन युवक पक्राउ |

अन्य    अपराध

काठमाडौँमा लागु  औषध सहित तीन युवक पक्राउ |

मार्च ७ काठमाडौँ :-नुवाकोट तलाखु गाउँपालिका–९ का २५ वर्षीय सुनिल घिमिरे, बारा गढीमाई नगरपालिका–१० का बिगु राय भर र भारत दरभंगाका २६ वर्षीय मोहम्मद रिया जुदिनलाई प्रहरीले अवैध लागूऔषध सहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त जनसेवाको प्रहरीले घिमिरेलाई मंगलबार काठमाडौं महानगरपालिका–२१ स्थित जैशीदेवलबाट लागूऔषध डाइजेल्याप २ सय ३ थान, नोर्फिन २ सय ३ थान र फेनारगन २ सय ३ थान सहित र बिगु तथा मोहम्मदलाई काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुल नजिकबाट लागूऔषध डाइजेल्याप १ हजार ६ सय थान, नोर्फिन १ हजार ६ सय थान, फेनारगन १ हजार ६ सय थान, गाँजा ११ प्याकेट, ल्यापटप १ थान र गाँजा पेल्ने हाते मेशिन १ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...