पोखरा लेखनाथ महानगरपालिका स्थित मजुवामा रहेका अस्थाई घर टहरा भत्काइयो |

अन्य

अक्टुबर १४ पोखरा ;-पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ स्थित मजुवामा रहेका अस्थाई घर टहरा भत्काईएको छ। सरकारी प्रति जग्गामा अबैध रुपमा निमार्ण गरिएका अस्थाई घर तथा टहराहरु शुक्रबार भत्काइएको पोखरा लेखनाथ महानगरपालिका कार्यालयका महानगर प्रहरी प्रमुख बसन्त चालिसेले बताए ।

dozar-190x122

उनका अनुसार शुक्रबार दुईवटा डोजर लगायर मापदण्ड विपरित निमार्ण गरिएका ३४ वटा अस्थाई घर तथा टहरा भत्काईएको छ । फुलवारी रिसोर्टको दुई नम्बर गेटको तल्लो तटिय क्षेत्रमा पर्ने प्रति जग्गामा ब्लक प्रयोग गरी केहि बर्ष अघि देखि टिनका अधिकाशं घर टहरा निमार्ण भएका थिए ।

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...