मुक्तिनाथमा यात्रु बस दुर्घटना ३ जना ज्यान गयो ,१७ घाईते ।

अन्य

अक्टुबर ४ पोखरा :-मुक्तिनाथ रानीपौवाबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको बस मंगलवार दिउसो करिव २ बजे बाह्गाउँ मुक्तिक्षेत्र कागबेनीको घुम्तीमा दर्घटना हुँदा बस चालक सहित ३ जनाको घटना स्थलमै मृत्यु भएको छ, मृत्यु हुनेमा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालरहेका छन्। १७ यात्रु घाइते भएका छन् । १० जनाको अवस्था गम्भिर छ ।

mus

जोमसोम देखि मुक्तिनाथ रुटमा चल्ने मुस्ताङ जीप तथा बस व्यवसाय समितिको उक्त बसले मुक्तिनाथ दर्शनगरी फर्किएका ३८ यात्रु लिएर जोमसोम तर्फ आउदै गरेको अवस्थामा अपराह्न ४ बजे ओरालोमा पल्टिएको हो ।घाईते भएका यात्रुलाई सदरमुकाम जोमसोम अस्पतालमा ल्याईदै गरिएको जिल्ला प्रहरी नायब उपरिक्षक रामहरि शर्माले बताए ।

कागबेनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि यो पहिलो बस दुर्घटना हो । यसअघि पनि सोहि स्थानमा दुर्घटना हुँदा ४ तीर्थ यात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...