पार्टी एकताको खुसियालीमा दिपावाली ,बालुवाटारमा केक र रात्रिभोज |

अन्य

पार्टी एकताको खुसियालीमा दिपावाली ,बालुवाटारमा केक र रात्रिभोज |
मे १८ काठमाडौँ :- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका र देशका अरु शहरमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने नेताहरुले बताएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...