गुण्डागर्दिको आरोपमा तरुण दलका सभापति पक्राउ |

अन्य

गुण्डागर्दिको आरोपमा तरुण दलका सभापति पक्राउ |
मे २६ धरान:- गुण्डागर्दीको आरोपमा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् ।गुरुङलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको छ ।यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् ।निकै विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ । डिएसपी श्रेष्ठले गुरुङका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो ।त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...