नेपालमा आज देखी लोडसेडिंग पूर्ण रुपले बन्द भएको घोषणा |

अन्य

नेपालमा आज देखी  लोडसेडिंग पूर्ण रुपले बन्द भएको घोषणा |
मे १४ काठमाडौँ :-औद्योगिक क्षेत्रमा गरिँदै आएको लोडसेडिङ हटाएर नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य गरेको छ । लोडसेडिङ अन्त्य भएको पहिलो दिन माग धान्न कुनै समस्या नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार आइतबारको उच्चतम माग देशभर १ हजार ९९ मेगावाट थियो। योभन्दा ५०–६० मेगावाट बढी माग भए पनि पनि विद्युत वितरणमा कुनै समस्या नहुने उनले बताए। औद्योगिक ग्राहकको माग तीन सय मेगावाट भएको प्राधिकरणले जनाएको छ। आइतबार राति भएको पानी र हुरी बतासका कारण प्राधिकरणको वितरण प्रणालीमा समस्या आएकाले सोमबारको विद्युत माग कम भएको अधिकारीले जानकारी दिए। औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गराउन प्राधिकरणले वीरगञ्ज करिडोरका उद्योगमा केही दिनदेखि परीक्षण गरिरहेको थियो। लोडसेडिङमुक्त घोषणा गर्नुअघि नै वितरण प्रणालीको परीक्षण गरिएकाले कुनै समस्या नआउने अधिकारीले बताए। प्राधिकरणले २०७३ को कात्तिकदेखि परीक्षणको रुपमा काठमाडौं उपत्यकासहित केही सहरका घरायसी ग्राहकको लागि लोडसेडिङ अन्त्य गरेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...