मिनी ट्रकको ठक्करबाट घाइते श्रीमान श्रीमतीको उपचारको क्रममा मृत्यु |

अन्य

मिनी ट्रकको ठक्करबाट घाइते श्रीमान श्रीमतीको उपचारको क्रममा मृत्यु |

जनवरी २९ सल्यान:- सल्यानमा आइतबार बेलुकी सवारि दुर्घटनामा घाइते भएका २ जनाको नै उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको पनि सल्यान प्रहरीले जनाएको छ ।सल्यानको कपुरकोटमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पति ३२ वर्षिय दिलिप बुढा र ३० वर्षिय सम्झना बुढाको उपचारकै क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा गएराती उपचारको क्रममा मृत्यु भएको छ ।

रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो ।कपुरकोट तल्लो बजार स्थीत उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनि ट्रक स्टार्ट नभए पछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए ।तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुल्सीराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...