इजरायलमा आदिबासी महासंघले आयोजना गर्ने भनिएको सांगीतिक साँझ कोरोना भईरसको कारण स्थगित ।

अन्य

इजरायलमा आदिबासी महासंघले आयोजना गर्ने भनिएको सांगीतिक साँझ कोरोना भईरसको कारण स्थगित ।
मार्च 5 फिष्टेल न्यूज:- नेपाल आदिवासी जनजाति महासंघ इजरायलले आयोजनामा गर्ने भनिएको सांगीतिक साँझ स्थगित भएको छ । यहि आउदो मार्च १३ तारिख हगना- १३५ तेल अभिवमा हुने भनिएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु प्रकाश सपुत र मिलन नेवार आमात्य आउने भएको थियो तर बिस्व ब्यापी रुपमा फैलिरहेको कोरोना भईरसको कारण स्थगित गर्ने निर्णय गरिएको नेपाल आदिबासी महासंघ इजरायलले एक बिज्ञप्ती मार्फत सो जानकारी दिएको छ । संघका महासचिव खुसि क्ले तमुस्योले हस्तारिक सो बिज्ञप्तीमा संसारभरी तिब्र गतिमा फैलिंदै गईरहेको अति भयानक महामारी "कोरोन भाइरस" इजरायलमा पनि देखा परेको र इजरायलको स्वास्थ्य मन्त्रालयले सुचनाका माध्यमहरु टेलिभिजन, पत्रपत्रिका र सामाजिक संजालाहरु बाट भिडभाड उत्पन्न नगर्न र भिडभाडमा नजान सुचनाहरु निरन्तर जारि गरिरहेको र इजरायलको विभिन्न शहरहरुमा हजारौं मानिसहरुलाई कवारांटीनमा रहनको लागि जारि गरिएको सूचनालाई मध्यनजर गरि नेपाल आदिवासी जनजाति महासंघ इसरायलले यस प्रकारको कदम उठाउन बाध्या भएको महासंघले जनाएको छ । साथै अकल्पनीय स्थितिको कारण कार्यक्रम स्थगित हुँदा यसबाट पुग्न गएको असुविधा प्रति आमन्त्रित कलाकारहरु तथा सम्बन्धित सबैमा नेआज महासंघ, इजरायल परिवार क्षमा माग्दै इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको स्थिति नियन्त्रणमा आएको सुचना जारि नगर्दा सम्म इजरायलमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु भिडभाड जम्मा हुने ठाउंहरुमा भाग नालिनुहुन र इजरायल सरकारबाट जारि सुरक्षित रहने विधिहरु प्रयोग गरेर सुरक्षित रहनुहुन हार्दिक अनुरोध गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...