पृथ्बीनारायण शाहको सालिक पुनस्थापनाको माग सहित चरणबद्ध आन्दोलनको घोषणा |

अन्य

पृथ्बीनारायण शाहको सालिक पुनस्थापनाको माग सहित चरणबद्ध आन्दोलनको घोषणा |

अक्टुबर १८ पोखरा :- पोखराको पृथ्बीचोकमा राष्ट्र निर्माता पृथ्बीनारायण शाहको सालिक पुनस्थापनाको माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । पृथ्बीनारायण शाहको नामबाट चिनिएको पोखराको पृथ्बीचोक र उनको सालिक हटाएर गणतन्त्र स्थापनापछि राखिएको लखन थापाको सालिक सहितको आइल्याण्ड भत्काइएपछि पुन पृथ्बीनारायण शाहको सालिक राख्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरिएको हो ।

पृथ्वीनारायण शाह सालिक पुनस्थाना संयुक्त संघर्ष समितिले माग पूरा गराउन दबाब दिँदै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । समितिले कात्तिक २१ देखि अनिश्चितकालीन पोखरा बन्दसम्म गर्ने चेतावनी दिएको छ । समितिले सरोकारवाला निकायमा बुझाएको ज्ञापनपत्र सुनुवाई नभएको भन्दै आन्दोलन घोषणा गर्नुपरेको जनाएको छ ।

समितिका संयोजक शंकर खरालले पोखराको पृथ्वीचोकमा पुन निर्माण थालिएको लखन थापाको शालिक निर्माण रोकिनुपर्ने र राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको सालिक राखिनुपर्ने बताए । घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्तिक २ देखि १० सम्म प्रचारप्रसार, कार्तिक १० गते बिहान ७ बजे मानवअधिकारचोकदेखि मोटरसाइकल ¥याली, कार्तिक ११ गते दिउँसो १ बजे पृथ्वीचोकदेखि ¥याली सुरु गरी मानवअधिकार चोकमा आमसभा,कार्तिक १५ देखि २० गतेसम्म महानगरपालिका कार्यालय अघि रिले अनसन हुनेछ ।

कार्तिक २० गते साँझ राँके जुलुस प्रदर्शन र भोलिपल्ट कार्तिक२१ गतेदेखि अनिश्चितकालीन पोखरा बन्द आह्वान गरिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिमा विश्व हिन्दू महासंघ, ब्राह्मण समाज, क्षत्री समाज, नेपाल ठकुरी संगम परिवार, विश्वकर्मा समाज, ज्ञानेश्वरी माइ परिवार युवा समाज, जलारी समाज आवद्ध छन् । यस्तै, संघर्ष समितिमा थप सल्लाहकार मनोनीत गरी आठ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...