नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानेर हत्या।

अपराध

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानेर हत्या।

अक्टुबर ९ काठमाडौँ :- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो । गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । उनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फ गाडीको शिशामा ढुंगा प्रहार गरी गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो । राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ ।

गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने बताए । गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाटै पेस्तोलसहित तीनजना पक्राउ गरेको जानकारी आफूले पाएको मन्त्री शर्माले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...