कास्कीमा अवैध हतियार सहित २ जना पक्राउ |

अपराध

कास्कीमा अवैध हतियार सहित २ जना पक्राउ |
जुन १२ पोखरा:-कास्कीको माछापुच्छ्रे गाउपालिका बडा नं ४ लाहाचोक समिबगरवाट अवैध हतियार सहित २ जना पक्राउ परेका छन् । हातहतियार झुण्डाई हिडिरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी घाचोकवाट गएको प्रहरी टोलीले संकित ब्यक्तिलाई खोज तलास गर्ने क्रममा माछापुच्छे गाउपालिका वडा नं ५ बस्ने वर्ष २९ को उदास गुरुङ र सोही ठाउँका बर्ष २४ का गौतम गुरुङलाई पक्राउ गरेको हो । उनीहरुलाई खैरो एलोन लेखिएको झोलामा २ नाले बन्दुक फोल्ड गरी राखेको तथा सोको गोली ६ राउण्ड (सट गनको गोली जस्तो),१ थान चक्कु र सुकुटि भएको मासु अन्दाजी २ के.जी.सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरीएका ब्यक्तिहरुलाई बुझ्दा पोखरालेखनाथ १६ दिप बस्ने याङतुङ घलेले निजहरुलाई जिल्ला कास्की माछापुच्छ्रे गाउपालिका बडा नं ४ समीबगर स्थित गोठमा हतियार राखेको र त्यहाँबाट पोखरातर्फ ल्याउन लगाएको भन्ने पक्राउ परेकाहरुले वताएको र उनीहरुहरुलाई पक्राउ गरेको थाहा पाएपछि याङतुङ घले फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फरार याङतुङको खोजि कार्य तिव्र रहेको र पक्राउ परेकाहरुलाई सोमवारै जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार तथा खरखजना मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...